logo
२०८१ मंसिर ९ आईतवार



गोरखामा पहिलो पटक कालाज्वरको बिरामी भेटियो

स्वास्थ्य |


गोरखामा पहिलो पटक कालाज्वरको बिरामी भेटियो


नरेन्द्र ढकाल
गोरखा, फागुन १९ गते । जिल्लामा पहिलो पटक कालाज्वरको बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालयका अनुसार हरमटारीकी एक महिलामा कालाज्वर देखिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि काठमाडौं पुगेकी ती महिलामा कालाज्वर पुष्टि भएको हो ।

उहाँको  श्रीमानले फाेन गरेर श्रीमतीलाई कालाज्वर पुष्टि भएको जानकारी दिनुभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट लाग्यो यो रोग विशेषत तराई क्षेत्रमा मात्र देखिने गर्थो । पूर्वी तराई क्षेत्रमा मात्र देखिने यो रोग अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ ।

‘जिल्लामा यो पहिलो केस हो, यस अघि गोरखामा कालाज्वरका बिरामी फेला परेका थिएनन्,’ उहाँले भन्नुभयो, ‘अब भने थप सचेत रहनुपर्ने देखिएको छ ।’

कालाज्वर समस्या देखिएको जानकारी आएपछि बिरामीको परिवारसँग सम्र्पकको प्रयास गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसपछि मात्र आधिकारिक जानकारी सार्वजनि हुने कार्यालयका नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

‘हामीले पनि साँझ मात्र थाहा पायौं, अब बिरामीको आफन्त, उपचार गराएको अस्पताल र माथि मन्त्रालय विभागमा समेत जानकारी लिन्छौं । र त्यसपछि मात्र यस विषयमा थप भन्ने सक्ने अवस्था रहला ।’ उहाँले भन्नुभयो ।

कालाज्वर प्रोटोजोवाअन्तर्गत पर्ने लेइसमिनिया दोनिभानी नामक परिजिका कारण सर्ने सरुवा रोग हो । लामखुट्टे प्रजातीको भुसुनाको टोकाइबाट यो लाग्ने गर्छ । यो रोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउने, रगतको कमी हुने, तौल घट्ने, कलेजो सुन्निने र छाला कालो हुने जस्ता लक्षण देखिन्छ । प्रयोगशालामा के ३९ टेष्ट गरेर कालाज्वर भए÷नभएको सहजै पत्ता लगाउन सकिन्छ । रोग लागेपछि निमोनिया, क्षयरोग रोगको सङ्क्रमण हुनुका साथै अत्याधिक रक्तश्राव भएर बिरामीको मृत्यु समेत हुने चिकित्सकहरु बताउछन् ।

समयमै उपचार नभए बिरामीको मृत्यु हुन सक्ने उनीहरुको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा वार्षिक २५० देखि तीन सय जना कालाज्वरका विराम भेटिने गरेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको तथ्याङ्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?