logo
२०८१ बैशाख ११ मंगलवार



सडक निर्माणस्थलमै सेनालाई बुस्टर डोज

स्वास्थ्य |
प्रदेश |


सडक निर्माणस्थलमै सेनालाई बुस्टर डोज


राजन रावत
हुम्ला, फागुन २३ गते । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने सुनाखाडामा काम गर्ने नेपाली सेना र सर्वसाधारणलाई कोरोनाबिरुद्धको बुष्टर डोज लगाउने काम भएको छ । निर्माण कार्यमा खटिएका सेना र सर्वसाधारणले बुस्टर तथा दोस्रो मात्राको खोप लगाएको जानकारी पाएएपछि गाउँपालिकाले कार्यस्थलमै गएर खोप लगाउने व्यवस्था गरेको हो ।

खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले कर्णाली करिडोर अन्तर्गतको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रमा सडक निर्माण कार्य गर्दैआएको नेपाली सेना र कामदार सर्वसाधारणलाई कोरोनाविरुद्धको बुष्टर मात्रा लगाउने काम भएको बताउनुभयो । सेना र कामदारले बुष्टर मात्रा नलगाएको जानकारी स्वास्थ्य शाखामा आएपछि तत्काल निर्माणस्थलमा स्वास्थ्यकर्मी परिचालन गरेर खोप लगाएको हो ।

हाल सडक निर्माणस्थलमा ३५ जना नेपाली सेना र चार समूह सर्वसाधारणले काम गर्दै आउनुभएको छ । बुष्टर नलगाएका २१ जना सेना र दश जना सर्वसाधारण कामदारलाई बुष्टर मात्रा लगाउने कार्य भएको बताउनुभयो । सडक निर्माणस्थल खार्पुनाथ गाउँपालिकाको कार्यक्षेत्रभित्र पर्छ । सडक निर्माणस्थल लालीबगरमै खोप लगाउने ब्यवस्था भएको उहाँले बताउनुभयो ।

नेपाली सेनाको बिकास निर्माण दल दुल्लीकुना खार्पुसडक निर्माण आयोजनाको योजना हाल हेर्दै आउनुभएका अनुप पोखरेलले स्थलगत रुपमा खोप ब्यवस्था भएकाले सहज भएको बताउनुभयो । यसरी खोप लगाउने ब्यवस्था नभएको भए सेनालाई दुई दिन खोप लगाउन जानुपर्ने अवस्था रहेको बताउनुभयो । एक हप्ता अगाडि सेवा कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको तुम्चबाट लालीबगर सरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?