काठमाडाैं, फागुन २६ गते । आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु भएको छ मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो।
उहाँको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिएको बाल्टिमोरस्थित उहाँका चिकित्सकले बताएका छन्। ५७ वर्षीय बेनेटको मङ्गलबार मार्च ८ मा निधन भएको बीबीसीले उल्लेख गरेकाे छ ।