logo
२०८१ मंसिर १२ बुधवार



फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो

स्वास्थ्य |


फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो


वासिङटन, फागुन २८ गते । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको सङ्क्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो ।

त्यसैगरी, १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?