logo
२०८१ मंसिर ८ शनिवार



उदयपुर सिमेन्ट उद्योगद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान

स्वास्थ्य |


उदयपुर सिमेन्ट उद्योगद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान


भोटराज राई
उदयपुर, फागुन २८ गते । देशकै ठूलो उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडले त्रियुगा नगरपालिका–५ स्थित देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स र प्रयोगशालाका स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ । उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यौपानेदे स्वास्थ्य चौकीलाई एक वटा एम्बुलेन्स र स्वास्थ्य परीक्षण तथा उपचारका लागि विभिन्न आधुनिक उपकरणहरु उपलब्ध गराएको जानकारी दिनुभयो ।

एम्बुलेन्स तथा उपकरणहरुका लागि सगरमाथा एन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छे बैंक लिमिटेडबाट पाँच लाख ६५ हजार र अन्य संघ÷संस्थाहरुको सहयोगसमेत गरी कुल ३० लाख सहयोग सङ्कलन भएको जनाइएको छ । उद्योगले आप्mनो सामाजिक उत्तरदायित्व बोध गर्दै व्यवस्थापनका साथै विशेष पहल गरेको हो । एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि उद्योगले सात लाख रुपियाँ उपलब्ध गराएको छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंखी क्षेत्रीले एम्बुलेन्सको चावी मेयर बलदेव चौधरीलाई हस्तान्तरण गर्नुभयो । उक्त चावी मेयर चौधरीले देउरी स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष उद्धवकुमार थापालाई हस्तान्तरण गर्नुभएको छ । त्यस्तै, माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उपकरण हस्तान्तरण गर्नुभयो । मेयर चौधरीले रगत परीक्षण गरी स्वास्थ्य उपकरणको उद्घाटन भएको थियो ।

एम्बुलेन्स तथा स्वास्थ्य उपकरण हस्तान्तरणको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव नगरवासीका लागि नगरको पहिलो सर्त स्वास्थ्य रहेकोले यो सहयोग कोसेढुङ्गा सावित हुने बताउनुभयो । सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदै सो स्वास्थ्य चौकीलाई छिट्टै १५ वेडको नगर अस्पताल बनाउने गरी कार्यपालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।

उद्योगले स्थानीयप्रति वफादारिता देखाउदै आएको १६ नम्बर वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । उद्योगबाट निस्कने धुलो, धुवाँको कारण प्रभावित क्षेत्र त्रिनपाका ४, ५, ६, ७, ८, १० र १६ वडाका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि वर्षेनी करिब ५० लाख आर्थिक स्रोत जुटाउने गरेको छ । प्रदुषण क्षेत्रको नाममा प्रतिबोरा सिमेन्ट दुई रुपियाँ ५० पैसा छुट्याउने गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?