logo
२०८१ भाद्र २२ शनिवार

  किन दुख्छ ढाड ?  



जीवनशैलीले बढ्दै ढाडको समस्या

स्वास्थ्य |
भिडियो |


जीवनशैलीले बढ्दै ढाडको समस्या


महिमा देवकोटा र मनोजरत्न शाहीले तयार पार्नुभएको दृश्य सामग्री

काठमाडौं, फागुन २८ गते। ढाड दुख्नु आम सर्वसाधारणको समस्या बनेको छ। नेपालीको दैनिकीसँगै ढाड दुख्ने समस्या बढेको देखिन्छ। पछिल्लो समय नेपालीको दैनिकी फेरिएसँगै ढाड दुख्ने समस्या बढ्दै गएको देखिन्छ। यो समस्या नेपालीको मात्र होइन। तर, पछिल्लो समय नेपालमा पनि ढाड दुख्ने समस्या बढी नै देखिन थालेको छ। लगभग ८० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कम्तिमा एकपल्ट ढाडको तल्लो भाग दुख्ने समस्याको सामना गरिरहेको अध्ययनले देखाएको छ।

बाथरोग विशेषज्ञ डाक्टर साकेत झाले ढाड दुख्ने समस्याले दैनिक कामकाजका बाधा पुर्याउने भएकाले समयमै निदान गर्नु आवश्यक रहेको बताउनुभएको छ। डाक्टर झाका अनुसार ढाड विभिन्न कारणले दुख्नसक्छ। विशेष गरेर यसलाई दुई भागमा विभाजन गरेर चिकित्सकले हेर्ने गरेका छन्। एउटा मेकानिकल ब्याक पेन र अर्को इन्फ्लामेटरी ब्याक पेन।

मेकानिकल ब्याक पेन कामकाजको सिलसिलामा हुने र इन्फुलामेटरी ब्याक पेन शरीरमा केही तत्वहरु बढेर हुने समस्या हो। मेकानिकल ब्याक पेन कामको सिलसिलामा ढाडको खुम्चाइका कारण हुन्छ। यस्तो सामस्या आराम गरेपछि निको हुन्छ। इन्फ्लामेटरी ब्याक पेन बिहान उठ्दा दुख्ने र काम गर्दै जाँदा विस्तारै दुख्न छोड्ने हुन्छ।

विश्वकै तथ्यांकलाई हेर्ने हो भने पनि नसर्ने रोगमध्ये ढाडको समस्या पहिलो नम्बरमा छ। नेपालजस्तो देशमा ढाड दुख्ने समस्या जटिल बन्दै गएको उहाँको भनाइ छ। छ हप्तासम्मको ढाड दुखाइलाई एक्युट ब्याक पेन भनिन्छ। ६ हप्ताभन्दा बढी ढाड दुखेमा त्यसलाई क्रोनिक ब्याक पेन भनिन्छ।

ढाडको समस्यासँगै ज्वरो आउने, तौल घट्ने, दिसा पिसाब गर्न गाह्रो हुने जस्ता समस्या देखापरे तत्काल उपचार गर्नु आवश्यक रहेको डा. झा बताउनुहुन्छ। हड्डीले नसा च्यापिएमा र मसल खुम्चिएमा ढाड दुखाइको समस्या हुने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?