logo
२०८१ बैशाख ८ शनिवार



हुम्लामा पुनः दुई जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य |
प्रदेश |


हुम्लामा पुनः दुई जनामा कोरोना संक्रमण पुष्टि


राजन रावत
हुम्ला, चैत २ गते । गत माघदेखि कोरोना मुक्त भएको हिमाली जिल्ला हुम्लामा पून कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । मंगलबार बेलुका एन्टिजिन किटबाट परीक्षण गर्दा कोरोना संक्रमित देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । सो कार्यालयका प्रमुख प्रेमबहादुर सिंहकाअनुसार लामो समयसम्म तेस्रो लहरको कोरोना संक्रमणबाट मुक्त रहेको जिल्लामा पूनः दुई जनामा कोरोना पुष्टि भएको छ । दुई जनामध्ये एक जना जटिल केशका बिरामीलाई परीक्षण गर्दा कोरोना देखिएको हो । उहाँको एचडियुमा उपचार भइरहेको सिंहले बताउनुभयो ।

सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँका ५९ वर्षका पुरुषमा संक्रमण पष्टि भएको छ । उहाँलाई एक हप्तासम्म आईशोलेशनमै राखिने अस्पतालले जनाएको छ । त्यसैगरी अर्का पुरुष सर्केगार्ड गाउँपालिकाका पुरुषलाई पनि संक्रमण पुष्टि देखिएको छ । उहाँलाई कोरोना पुष्टि भएपनि अस्पतालबाट भागेको अस्प्तालले जनाएको छ । रुघाखोकी लागेपछि परिक्षण गर्दा उहाँमा कोरोना देखिएको हो ।

गत माघ ९ गते हुम्लामा तेस्रो लहरको कोरोना सङ्क्रमण अस्पताल, सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मी र एक जना अन्य गरी नौ जनामा पहिलो पटक संक्रमण देखिएको थियो । सो अबधिमा १६ जनामा कोरोना देखिएको थियो । माघ २४ गतेबाट हुम्ला जिल्ला कोरोना मुक्त घोषणा गरिएको थियो ।

गत असोजपछि माघ ९ गतेसम्म जिल्ला कोरोना सुन्य भएको थियो । कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको कोरोना परीक्षण गर्दा ३९९ जनामा कोरोना देखिएको थियो । तीन जनालाई हेलिकोप्टर मार्फत उपचारका लागि जिल्ला बाहिर लगिएको थियो । सो अबधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

कोरोना पूनः देखिएकाले सबैलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ । रुघाखोकी बिरामी बढिरहेको कारण कोरोना सक्रमण बढ्ने चेतावनी कार्यालयले दिएको छ । अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले अस्पतालमा किटहरुको मौज्दात राम्रो रहेकाले आफुलाई शंका लागेमा परीक्षण गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?