logo
२०८२ बैशाख २७ शनिवार



२४ घण्टामा २२ जनामा कोरोना पुष्टि : मृत्यु शून्य

स्वास्थ्य |


२४ घण्टामा २२ जनामा कोरोना पुष्टि : मृत्यु शून्य


काठमाडौं, चैत ३ गते। पछिल्लो २४ घण्टामा १६ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

बिहीबार मात्र २२० जनाले कोरोना जितेका छन् भने एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्। अहिले देशभर चार हजार ३७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?