logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



खोप लगाउने धेरै भएकाले कोभिड भइहाले निको हुने सम्भावना बढी

स्वास्थ्य |


खोप लगाउने धेरै भएकाले  कोभिड भइहाले निको हुने सम्भावना बढी


महिमा देवकाेटा, दृश्य केशब गुरूङ्ग, दृश्य सम्पादन मनाेजरत्न शाही 

काठमाडौं,चैत्र ६ गते । अहिले नेपालमा कोरोना भाइरसको प्रभाव मत्थर हुँदै गइरहेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोपको विस्तारले तीव्रता पाएको र भाइरसको संक्रामक अवस्था कमजोर बन्दै गएकाले नेपालमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आएको छ । जसका कारण अवस्था सामान्य बन्दै गइरहेको छ ।


नेपालमा कोभिड–१९ (कोरोना भाइरस)को दोस्रो लगहरले मात्र कोरोना भाइरस विरुद्धको खोपको विश्वास दिलाएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभएको छ । नेपालमा पहिलो लहर आउँदा धेरै मानिसले खोपको विश्वास नगरेको र कोरोना भाइरस नै छैन भन्ने अनुमान समेत गर्ने गरेको उहाँ सम्झनुहुन्छ ।

नेपालमा फेला परेका भाइरसका भेरियन्ट मध्ये डेल्टा नै सबैभन्दा घातक रहेको पुनको भनाइ छ । जसका कारणले दोस्रो लहरमा नेपालमा धेरै मानिसको मृत्यु समेत भएको उहाँले बताउनुभयो । हाल नेपालमा कोरोना विरुद्धको खोप गाउनेको संख्या धेरै भएकाले पनि कोभिड भइहाले निको हुने सम्भावना धेरै रहेको पुन बताउनुहुन्छ । पुनका अनुसार भाइरसको म्युटेसन हुने कुरा समान्य नै हो । तर, त्यो कत्तिकाे संक्रामक हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?