काठमाडौं,चैत ७ गते । मुख सम्बन्धी रोगले विश्वव्यपी रुपमा तीन अर्ब ५० करोड मानिसलाई असर गर्ने देखिएको छ। मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख सम्बन्धी रोगले विश्वव्यपी रुपमा ३ अर्ब ५० करोड मानिसलाई असर गर्ने गरेको उल्लेख गरेको छ ।
जसमध्ये ९० प्रतिशत रोग दाँत कीराले खानेसँग सम्बन्धित रहेको मन्त्रालयको सूचनामा उल्लेख छ । मुखको स्वास्थ्य भनेको दाँत र मुखसँग मात्र सम्बिन्धित नभएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार यसले टाउको अनुहार र क्याभिटीलाई पनि बुझाउँछ ।
मुख स्वास्थ्यका लागि सबैभन्दा घातक पर्दाथ सूर्ती र चिनी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाक आँखा,नाक,घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकी बताउनु हुन्छ ।
मुख स्वास्थ्य स्वस्थराख्न राख्न समग्रमा स्वास्थ्य राम्रो राख्न चिकित्सकको आग्रह छ । सरकारले मानिसलाई आफ्नो स्वास्थ्य समाजिक र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छता अभ्यासका लागि प्रोत्साहित गर्न अभियान सुरु गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
‘मुख स्वच्छताको ख्याल नगर्दा खुलेर कुरा गर्न, मुस्कुराउन दिल खोलेर हाँस्न र आफ्ना कुरा अरुमाझ निर्धक्क राख्न पनि असहज महसुस भई सामाजिक अस्तित्ववमानै प्रश्न उठ्न सक्छ ।’,डा.बुढाथोकी बताउनु हुन्छ,‘त्यसैले आफ्नो स्वस्थ्य, सामाजिक र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छताका लागि अभ्यास गर्न आवश्यक छ ।’
आइतबार विश्व स्वास्थ्य दिवस २०२२नेपालमा पनि ‘हरेक दिन खाना खाईसकेपछि बिहान र बेलुका नरम टुथव्रश र फ्लोराईडयुक्त मन्जनले दाँत सफा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमगरी यो दिवस मनाइयो ।
नेपाल डेन्टल साइनस हाइजिनिष्ट एसोसिएसनले उपत्यकाका विभिन्न चोकमा ब्रस वितरण गर्नुका साथै मुख स्वास्थ्यका बारेमा जानकारी मुलक सन्देश दिर्दै यो दिवस मनाएको छ ।