logo
२०८१ मंसिर ८ शनिवार



वीर अस्पतालले भक्तपुरको दुवाकोटमा वैशाख १ गतेबाट एक्सरे सेवा सुरु गर्ने

स्वास्थ्य |


वीर अस्पतालले भक्तपुरको दुवाकोटमा वैशाख १ गतेबाट एक्सरे सेवा सुरु गर्ने


काठमाडौं, चैत ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने बताउनुभएको छ ।

मङ्गलबार मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै उहाँले नमुना अस्पताल नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गर्नुभयो ।

स्थानीयसँगको छलफलपछि वीर अस्पतालका लागि प्रस्तावित जग्गा स्वास्थ्यमन्त्री खतिवडाले निरिक्षण गरि आगामी २०७९ वैशाख १ गतेबाट स्थानीयको माग बमोजिम सो सुविधा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको हो ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरु सेवा दिन तत्पर रहेको बताउनुभयो ।

वैशाख १ गतेबाट दुवाकोटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने उहाँको भनाइ छ । अनुगमनका लागि मन्त्री खतिवडा, स्वास्थ्य मन्त्रालयमा सचिव डा. रोशन पोखरेल र देवकुमारी गुरागाँइ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रवक्ता डा। संगीता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?