logo
२०८१ जेष्ठ ६ आईतवार



पछिल्लो २४ घण्टामा १५ जनामा सङ्क्रमण पुष्टि, ३१९ सङ्क्रमण मुक्त

स्वास्थ्य |


पछिल्लो २४ घण्टामा १५ जनामा सङ्क्रमण पुष्टि, ३१९ सङ्क्रमण मुक्त


काठमाडौं, चैत १४ गते । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ११ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३१९ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । साथै सक्रिय सङ्क्रमित संख्या एक हजार २५४ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?