logo
२०८१ जेष्ठ ६ आईतवार



थप ३० जनामा सङ्क्रमण पुष्टि, ८६ सङ्क्रमण मुक्त

स्वास्थ्य |


थप ३० जनामा सङ्क्रमण पुष्टि, ८६ सङ्क्रमण मुक्त


काठमाडौं, चैत १५ गते । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ११ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच सय ४७१ जनाको परीक्षण गर्दा कुल ४२ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ८६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर ११ हजार ९८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?