logo
२०८० चैत्र १५ बिहीवार



६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय, कतै विरोध,कतै स्वागत

स्वास्थ्य |
पढ्नै पर्ने |


६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय, कतै विरोध,कतै स्वागत


काठमाडौं, चैत १५ गते । औषधि सल्लाहकार समितिको बैठकले औषधि व्यवस्था विभागलाई ६५० एमजीको पारासिटामोल दर्ता गर्न दिने निर्णय ग-यो ।
यही चैत १० मा बसेको औषधि व्यवस्था विभागको औषधि सल्लाहकार समितिले नेपालमा ६५० मिलिग्राम (एमजी) को पारासिटामोल ट्याबलेट दर्ता गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उत्पादन र बिक्री गर्ने स्वदेशी उत्पादकलाई बाटो खुलेको छ ।
तर विभागबाट ६५० एमजी प्यारासिटामोल उत्पादन स्वीकृति प्रदान गर्ने निर्णयप्रति उपभोक्ता अधिकारकर्मी र फार्मेसीसँग सम्बन्धित सरोकारवालाले विरोध जनाएका छन् ।
मूल्य बढाउन अध्ययन र परीक्षण बिना नै स्वदेशी उत्पादकको दबाबमा ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
यसअघि विभागले ५०० एमजीसम्मको सिटामोल उत्पादनको अनुमति दिएको थियो ।
क्लिनिकल ट्रायलबिना नै ६५० एमजीको सिटामोल बढी डोजको सिटामोलले कलेजो र मिर्गौलामा पर्ने घातक असरमा अत्यधिक वृद्धि हुन सक्नेमा विज्ञहरू चिन्तित छन् ।
५०० एमजी सिटामोलले काम किन गरेको छैन गुणस्तर जाँच गरौँ यसैबप् सोमबार नेपलिज एसोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा अनुपराज उप्रेतीले विज्ञप्ति जारी गर्दै अध्ययन/अनुसन्धानबिनै औषधि व्यवस्था विभागले ६५० एमजी सिटामोल उत्पादन गर्न निर्णय घातक भएको जनाइएको छ।
पाका उमेरका नागरिकलाई लक्षित गर्दै ५०० एमजीबाट घटाएर ३२५ एमजी प्रयोगमा ल्याउनुपर्नेमा ६५० एमजीको उत्पादनमा जानु घातक हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘क्लिनिकल फर्मासिस्ट बिरामीलाई दिइने औषधि कति उचित छ भन्ने कुराको लेखाजोखा गर्ने विज्ञ भएकाले यस्ता प्रतिनिधिको उपस्थितिसमेत सुनिश्चित हुनुपर्छ,’उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फर्मासिस्टहरूका अनुसार यसको अधिकतम् मात्रा बयस्कवर्गको लागि प्रतिदिन ३.२५ ग्राम रहेक ४ देखि ६ घण्टाको फरकमा मात्रा अनुरुप र स्वास्थ्यकर्मीको निगरानीमा चार ग्राम सम्म प्रयोग गर्न सकिन्छ । कलेजोको बिरामीले भने प्यारासिटामोलको प्रयोग कलेजोको अवस्था अनुसार चिकित्सकको सल्लाह बमोजिम वा दुई ग्राम भन्दा बढी प्रयोग गर्नुहुर्दैन ।
पारासिटामोल ट्याबलेटको डोज ३२५ एमजी देखि ६५० एमजी सम्म संसारको विभिन्न देशमा उपलब्ध छ ।
हाम्रो देशमा ५०० एमजी ट्याब्लेटको काम नगरेको भनेर ६५० एमजी ट्याब्लेट बजारमा भित्राउने खेल भएको एसोसिएसनको ठहर छ ।
‘६५० एमजीको सट्टामा ३२५ एमजी ट्याब्लेट उपलब्ध भएमा वृद्धहरुमा यस औषधिको प्रयोग गर्न सहज हुन्छ किनभने पारासिटामोल अन्तरदहन गर्ने ग्लुथ्थीयाने भन्ने तत्व वृद्धहरुमा कमी हुने गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ, ‘ वृद्धहरुमा ३२५ एमजी एमजी प्यारासिटामोल प्रयोग उपयुक्त हुन्छ । साथै ३२५ एमजी पारासिटोमोलले पनि वयश्कवर्गमा काम नगर्ने भन्ने चाँही होईन । ३२५ एमजी बनाइयो भने ६५० एमजीको मात्रा चाहिने अवस्थामा दुई ट्याब्लेट प्रयोग गर्न सकिन्छ ।’
‘५०० एमजी सिटामोलले किन काम गरिरहेको छैन । त्यस्तो पारासिटामोलको गुणस्तर के छ,’उप्ेतीले भन्नुहुन्छ ।, ‘ल्याब परीक्षणले मात्र गुणस्तर मापन हुन्छ कि हँुदैन भन्ने कुराको विश्लेषण नै नगरि ५०० एमजी प्यारासिटामोलले काम गर्न छाडेको भनेर ६५० एमजी सिटामोल बनारमा भित्राउन खोज्नुको कारण प्रति सबैजना सजक रहन आवश्यक छ ।’
साथै औषधि सल्लाहकार समितिमा क्लिनिकल फार्मासिष्टहरुका प्रतिनिधि नभएको र क्लिनिकल फामेसिष्टहरु बिरामीलाई दिइने औषधि कति उचित छ भन्ने कुराको लेखा जोख गर्ने विज्ञ भएकोले क्लिनिकल फामेसिष्टहरुपनि त्यस समितिमा प्रतिनिधि गराउन स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागलाई पनि अनुरोध गरेको छ ।

पाँच सय एमजी पारासिटामोल विस्थापित गर्न ६५० एमजी उत्पादन गरेको होइन
नेपाल सरकारले ६५० एमजिको औषधि उत्पादन अनुमति दिएसँगै विभिन्न टीकाटिप्पणी आउन सुरुभएसँगै नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव बिप्लभ अधिकारीले सोमबार विज्ञप्ति निकाल्दै ६५० एमजीको उत्पादन सँगै ५०० एमजीको पारासिटामोल पनि निरन्तर उत्पादन हुने जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा सल्लाहकार समितिको निर्णय विश्वव्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडीएमा प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिईसकेको अवस्था भन्दै अनावश्यक शंका नगर्न आग्रह गरेको छ ।
‘अहिले कतिपयले पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने होईन’, विज्ञप्तिमा भनिएको छ । ‘५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्न अनुमति प्रदान गरिएको हो । त्यसैले बजारमा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने छ ।
एपोनले कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रमा चिकित्सकले पारासिटामोलको ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज समेत आवश्यकताका अनुसार प्रयोगका लागि सिफारिस गरेको दावी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?