logo
२०८० चैत्र १६ शुक्रवार



१९ करोड रुपियाँ बढी लागतमा १५ शैया अस्पतालको शिलान्यास

स्वास्थ्य |
प्रदेश |


१९ करोड रुपियाँ बढी लागतमा १५ शैया अस्पतालको शिलान्यास


नारद कोहार
तौलिहवा, चैत १६ गते । कपिलबस्तुको बुद्धभुमि नगरपालिका २ बडहरामा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत १५ शैयाको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । सो अस्पताल १९ करोड १० लाख रुपियाँ लागतमा निर्माण सुरु गरिएको हो ।

अस्पताल भवनको शिलान्यास नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले गर्नुभयो । सो अवसरमा नगर प्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा नगरपालिकाले भौतिक, शैक्षिक, सामाजिक क्षेत्रमा नगरपालिकाले विकासको काम गरेको बताउनुभयो । नगरकै गौरवका आयोजना अन्तर्गत अस्पातलको निर्माण कार्य अघि बढाइएको उहाँले बताउनुभयो । अस्पताल निर्माण भएपछि नगरपालिकाले स्वास्थ्य सेवामा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । सामान्य उपचारका लागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण पछि हट्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा दुई तले लिफ्ट प्रणालीको भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा उपलब्ध हुने नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले बताउनुभयो । यस्तै अप्रेशन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टाछुट्टै वार्ड रहने बताइएको छ । अस्पताल निर्माण कार्य २ वर्षभित्र पुरा हुने बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबुदीले नगरबासीको बर्षौको प्रतिक्षा अब पुरा हुने बताउनुभयो । नगर क्षेत्रभित्र निर्माण हुने अस्पतालले नगरबासी लाभाम्बित हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?