logo
२०८० चैत्र १६ शुक्रवार



म्याग्दी सक्रिय सङ्क्रमित मुक्त जिल्ला

स्वास्थ्य |
प्रदेश |


म्याग्दी सक्रिय सङ्क्रमित मुक्त जिल्ला


अमृतप्रसाद पौडेल
बेनी, चैत १७ गते । हिमाली जिल्ला म्याग्दीमा कोभिड –१९ का सङ्क्रमितको सङ्ख्या शून्य भएपछि जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीका अनुसार १६ गते बुधबार जिल्लामा भएका सबै सङ्क्रमितले कोभिड–१९ जितेसँगै जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएको हो ।

बुधबार २ जनाले एकै पटक कोभिड–१९ जितेपछि हाल म्याग्दीमा सक्रिय सङ्क्रमित छैनन् । हालसम्म हिमाली जिल्ला म्याग्दीमा ४ हजार १ सय २७ जनामा कोभिड–१९ पुष्टि भएको छ । पीसीआर विधिबाट २ हजार २ सय ३३ जनामा र एन्टीजेन विधिबाट १ हजार ८ सय ९४ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।

कोभिड–१९ सङ्क्रमणपछि कुल ८३ जनाको मृत्यु भएकोमा ३० जनाको जिल्लाभित्रै र ५३ जनाको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । कोभिड सङ्क्रमणबाट गत मङ्सिर ८ गतेपछि जिल्लामा कसैको पनि मृत्यु नभएको सुवेदीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?