logo
२०८१ बैशाख २६ बुधवार



२४ घण्टामा १६ जना सङ्क्रमित, ७५ सङ्क्रमण मुक्त

स्वास्थ्य |


२४ घण्टामा १६ जना सङ्क्रमित, ७५ सङ्क्रमण मुक्त


काठमाडौं, चैत १८ गते । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १३ सय १९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर ३८ सय ३५ जनाको परीक्षण गर्दा कुल २२ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ७५ जना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो केही दिनदेखि मुलुकमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर १० सय २२ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ५९ हजार ५४३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?