logo
२०८१ बैशाख २६ बुधवार



थप १० जनामा सङ्क्रमण पुष्टि, ९० जना सङ्क्रमण मुक्त

स्वास्थ्य |


थप १० जनामा सङ्क्रमण पुष्टि, ९० जना सङ्क्रमण मुक्त


काठमाडौं, चैत १९ गते । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनामा पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १२ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर ३३ सय ६० जनाको परीक्षण गर्दा कुल ११ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ९० जना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो केही दिनदेखि मुलुकमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ९४२ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ५६ हजार ९९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?