logo
२०८१ बैशाख २७ बिहीवार



२४ घण्टामा २३ संक्रमित थपिए : ६६ जना डिस्चार्ज

स्वास्थ्य |


२४ घण्टामा २३ संक्रमित थपिए : ६६ जना डिस्चार्ज


काठमाडौं, चैत २० गते। पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार थप ६६ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्यमा झरेको छ। २४ घण्टामा मृत्यु शून्य रहेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ। २४ घण्टामा ३० हजार ४४८ जनाले खोप लगाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?