logo
२०८१ बैशाख १३ बिहीवार



मुगुमा टाइफाइडबिरुद्धको खोप अभियान शुरु हुँदै

स्वास्थ्य |
प्रदेश |


मुगुमा टाइफाइडबिरुद्धको खोप अभियान शुरु हुँदै


हरिकृष्ण ऐडी
मुगु, चैत २० गते । राष्ट्रिय खोप समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिका अनुसार जिल्ला अस्पताल मुगुमा टाइफाइडविरुद्धको खोप अभियान तयारी गरिएको छ । चैत २५ गतेदेखि आगामीे बैशाख १८ गतेसम्म जिल्लाका २८ हजार ७ सय ८३ जना लक्षित समूहका बालबालिकालाई टाइफाइड खोप प्रदान गर्ने तयारी गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

जिल्लाका चारवटा गाउँपालिकामा छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ्ग गाउँपालिकाका ४५ वटा वडाका १५ महिनादेखि १५ वर्षसम्मका विद्यालयमा अध्यनरत २१ हजार १ सय १६ जना बालबालिका र विद्यालय जाने उमेर नपुगेका, विद्यालयको पहुँचभन्दा बाहिर रहेका ७ हजार ६ सय ६७ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

लक्षित उमेर समूहका बालबालिकालाई १५८ वटा निजि र सरकारी विद्यालयमा खोप केन्द्र व्यावस्थापन गरिएको जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले जानकारी दिनुभयो । प्रमुख गौतमले विद्यालयमा खोप केन्द्र बनाउँदा धेरै बालबालिकालाई समेटिने भन्दै पहिलो पटकमै कम्तिमा ९५ प्रतिशत अक्षित समूहलाई समेटिने लक्ष्य राखिएको बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रम अभियानमा जिल्लामा तोकिएका सबै खोप केन्द्रमा सबैको पहुँच हुनेगरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्बसुुलभ खोप, सेवा निरन्तर रुपमा प्रदान गर्ने र टाइफाइडबिरुद्ध खोप प्रत्येक बालबालिकाले लगाएको सुनिश्चित गर्ने योजना रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?