logo
२०८० चैत्र १६ शुक्रवार



पूर्ण खोप लगाएको ३ महिनामै अब बुस्टर डोज

स्वास्थ्य |


पूर्ण खोप लगाएको ३ महिनामै अब बुस्टर डोज
फाइल तस्बिर


काठमाडौं , चैत २० गते । अबदेखि पहिलो श्रृंखला लगाएको तीन महिनामै कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउन पाइने भएको छ।

यसअघि खोपको पहिलो श्रृखला वा पूर्णमात्रा खोप लगाएको ६ महिना पुरा भएपछि बुस्टर लगाउँदै आइएकोमा अब ३ महिना पुगेपछि लगाइने भएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गते सिफरिसको आधारमा पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि एक मात्रा बुस्टर खोप दिने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?