logo
२०८१ बैशाख २७ बिहीवार

  दृश्य समाचार  



रगतजन्य आनुवांशिक रोग के हो, कसरी हुन्छ उपचार ?

स्वास्थ्य |


रगतजन्य आनुवांशिक रोग के हो, कसरी हुन्छ उपचार ?


सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ

काठमाडौं, चैत २० गते । सिकलसेल, एनिमिया, थालसेमिया, हेमोफेलिया आदि रगतजन्य आनुवांशिक रोगमा पर्दछन् । वीर अस्पतालका रगतरोग तथा रक्तक्यान्सर विशेषज्ञ, डा निरजकुमार सिंह अनुसार रगतजनय आनुवांशिक रोग भन्नाले रगतमा लाग्ने वा रगतलाई बिगार गर्ने एक प्रकारको वंशाणुगत रोग हो ।


यो रोगमा हेमाटोलोजिकल जेनेटिक डिस्अर्डर भनिन्छ, जीनहरुमा खराबी भएको कारण रगतको उत्पादन वा रगत खेर जाने हुन्छ ।
‘मानिसको शरीरको क्रोमोजममा जिन हुन्छ । त्यो जिनमा खरावी भएर रगत उत्पदानमा वा रगत खोर जाने हुन्छ ।’,सिंह भन्नुहुन्छ, ‘जिन(वंश)मा भएको अवस्थाले जन्मिने रोगहरुलाई रगतजन्य अनुवांशिक रोग भनिन्छ। सिकलसेल,थालसीमियाँ,हेमोफेलिया लगायतका रोगहरु पर्छन्।’
डा सिंहका अनुसार रगतजन्य आनुवांशिक रोगलाई दुई प्रकारले विभाजन गरिएको छ।
एउटा हेमोगोलेबिनमा हुने डिस्अर्डर अन्य शरीरमा रगत जमाउने, रगत पातलो हुने रगतको पलाज्मा समस्या हुने डा सिंह बताउनु हुन्छ ।
उहाँका अनुसार हेमोगोलोबिनमा हुने डिस्अर्डलाई थाइलेसिया, सिकलसेल पर्दछन् । यसमा शरीरमा हेमोगोबिन बन्ने र टुक्रा गर्ने गर्दछन् । छिटोछिटो धेरै मात्रामा रगत टुक्रा पर्ने गर्दछन् । जसले गर्दा शरीरमा रगतको कमी हुने डा सिंह बताउनु हुन्छ ।
रगतको टुक्रा परेपछि शरीरका अंगहरुले राम्रोसँग काम गर्न सकर्दैनन् । यसले शरीरका सबै अंगमा असर गर्छ । हेमोफिलिया लागेका रोगीहरुमा रगत जमाउने तत्वको कमी भएपछि शरीरका विभिन्न भागबाट रगत बग्ने हुन्छ ।
रगत खुट्टादेखि टाउको सम्म बगेर जाने हुन्छ । डा. सिंहका अनुसार यदि मांशपेशी र जोर्नीबाट रगत बग्यो भने अपांगता निम्त्याउने गर्छ ।
यदि यस्ता बिरामीको मस्तिष्कबाट रगत बग्यो भने बिरामीको ज्यानै पनि जान सक्ने डा सिंह बताउनु हुन्छ ।
यी रोगहरूको राष्ट्रिय सर्वेक्षण भइनसकेकाले नेपालमा कति रोगी छन् भन्नेबारे यकिंन तथ्यांक छैन । यस्ता रोगीहरुले जीवनभर उपचारमा बस्नुपर्ने भएकोले वंशाणुगत रोगको उपचार नेपालमा एकदमै खर्चिलो छ । भर्खरै मात्रा वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निशुल्क उपचार सेवा सुरु गरेको छ।
नेपालमा आनुवांशिक रोग के हो, यो रोग लागिसकेका बिरामीको जीवन कसरी अगाडि बढाउने, समस्या आउन नदिन के गर्ने, यस्ता बिरामीको अवस्था नेपालमा कस्तो छ लगायत विषयमा वीर अस्पतालका रगतरोग तथा रक्तक्यान्सर विशेषज्ञ, डा. निरजकुमार सिंहसँग हामीले गोरखापत्र अनलाइका लागि भिडियो कुराकानी गरेका छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?