logo
२०८१ बैशाख ८ शनिवार



एकलाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

स्वास्थ्य |
प्रदेश |


एकलाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप
फाइल तस्विर


मुकुन्द सुवेदी
बर्दिया, चैत २१ गते । स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने भएको छ । चैत २३ गतेदेखि जिल्लाका आठवटै पालिकाका करिब एक लाख २८ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिनादेखि १५ बर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । खोप लगाउने उमेर समूहका झण्डै ८० प्रतिशत बालबालिका विद्यालयमा रहेका कारण विद्यालयमा ३०३ वटा खोप केन्द्र राखिएको प्रमुख गिरीको भनाइ छ ।

प्रमुख गिरीका अनुसार विद्यालय र स्वास्थ्य केन्द्रमा खोप केन्द्र सञ्चालन गरिनेछ । चैत २३ गतेदेखि २८ गतेसम्म पहिलो चरणमा १५ महिनादेखि १५ बर्षमुनिका सबै बालबालिकालाई खोप लगाइसक्ने प्रमुख गिरीले जानकारी दिनुभयो । जिल्लाका ३७८ खोप केन्द्रमा टाइफाइडविरुद्धको खोपका लागि ६४४ जना स्वास्थ्यकर्मी खटिने छन् । ३७८ खोप केन्द्रमध्ये ३०३ वटा विद्यालयमा र ७५ वटा स्वास्थ्य केन्द्रमा रहने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक एवम् सुचना अधिकारी कृष्णगोपाल चौधरीले बताउनुभयो ।

टाइफाइड ज्यान जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले प्रेरित गर्नुपर्ने प्रमुख गिरीले बताउनुभयो । पानी र खानेकुराबाट टाइफाइड रोगको सङ्क्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको सङ्क्रमण देखिनेगरेको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?