logo
२०८१ बैशाख २० बिहीवार



थप ३२ जना सङ्क्रमित, ८९ सङ्क्रमण मुक्त

स्वास्थ्य |


थप ३२ जना सङ्क्रमित, ८९ सङ्क्रमण मुक्त


काठमाडौं, चैत २१ गते । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?