logo
२०८१ बैशाख १५ शनिवार



स्वास्थ्यमा समस्या भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

मेडिसीटी अस्पताल भर्ना

स्वास्थ्य |


स्वास्थ्यमा समस्या भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो
नेता ठाकुरलाई हेलिकाेप्टरमा काठमाडाैंं लगिदै । तस्बिर सभार किशाेर गुरूकाे फेसबुक


काठमाडौं, चैत २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

लोसपा नेता केशव झाका अनुसार पार्टीको कार्यक्रममा भैरहवा पुग्नुभएका अध्यक्ष ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

अहिले उहाँको मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ । ‘स्वास्थ्यमा सामान्य समस्या देखिएपछि भैरहवाबाट उहाँलाई काठमाडौं ल्याइएको हो’, नेता झाले भन्नुभयो, ‘अक्सिजनको लेभल घटेर समस्या भएको चिकित्सकले बताउनुभएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’

भैरहवास्थित भीम अस्पतालमा सामान्य उपचारपछि उहाँलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको हो ।  नेता सुरेन्द्रकुमार झाका अनुसार अध्यक्ष ठाकुरलाई सामान्य ज्वरोसँगै पखाला चलेको हो । ‘अध्यक्ष ठाकुरलाई समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याएको छ’, नेता झाले भन्नुभयो, ‘ मेडीसीटीमा डाक्टरका अनुसार प्रारम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?