logo
२०८१ बैशाख १५ शनिवार



१० जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमण मुक्त

स्वास्थ्य |


१० जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमण मुक्त


काठमाडौं, चैत २३ गते । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार १४ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ५७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७६५ छ । २४ घण्टामा ५६ हजार ५२७ जनाले खोप लगाएका छन् ।

यसैगरी, काठमाडौं उपत्यका भित्र काठमाडौं जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा सङ्क्रमणको पुष्टि भएको छैन ।

यसैगरी, उपत्यका भित्र पाँच जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा सङ्क्रमणको पुष्टि भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?