logo
२०८१ बैशाख २१ शुक्रवार



छैटौँ वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरिंदै

स्वास्थ्य |


छैटौँ वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरिंदै


काठमाडौँ, चैत २३ गते । स्वास्थ्य बीमा बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर मोबाईल एप्लिकेसन सार्वजनिक गर्ने भएको छ । बोर्डले वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागेको हो ।
स्वास्थ्य बीमा गराएका नागरिकले उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी, कति रकम बाकी भन्ने विषयमा उक्त एप्लिकेसनबाट जानकारी गराउने बोर्डका सूचना अधिकारी सोभियत रिजालले जानकारी दिनुभयो ।
‘२५ गते स्वास्थ्य बीमा दिवसको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागेका छ,’उहाँले भन्नुभयो, ‘उक्त एप्पबाट मेरो पैसा कति खर्चा भयो, कति रकम बाँकी छ, नवीकरण गर्ने समय आयो, र बीमा बोर्डले सार्वजनिक गर्ने योजना तथा सूचना पनि एप्पमार्फत सावर्जनिक गर्छ ।’ रिजालका अनुसार सोही दिन बोर्डले अनलाईन नवीकरणको सुरुवात पनि गर्दै छ ।
स्वास्थ्य बीमाको म्याद समाप्त भएका बिमितहरुले अनलाइनबाटै खल्ती तथा इसेवाको पैसा तिरेर नवीकरण गर्न सकिने रिजाल बताउनुहुन्छ ।
विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा सुरु भएको छ । अहिले प्रति परिवार ( पाँच जना) ले बार्षिक तीन हजार पाँच रुपैयाँ रकम तिर्दा एक लाख रुपियाँसम्मको उपचार लिन सकिने प्रवधान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?