logo
२०८१ बैशाख १५ शनिवार



प्रभावकारी उपचारका लागि मेडिकल उपकरण थप

स्वास्थ्य |
प्रदेश |


प्रभावकारी उपचारका लागि मेडिकल उपकरण थप


निशा राई
धरान, चैत २३ गते । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रभावकारीढङ्गले उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरणहरु थप गरेको छ । वीपी प्रतिष्ठानमा ईमर्जेन्सी सेवामा आउने विरामीलाई थप सुलभ सेवा उपलब्ध गराउन मेडिकल उपकरण थप गरिएको अस्पतालका सहप्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिनुभयो ।

वीपी प्रतिष्ठानमा २० थान बेड, १५ थान ट्रली र अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वास लगायत मनिटर गर्ने मेशिन १० थान पेसेन्ट मनिटर इमेर्जेन्सी भित्र आवश्यक स्थानमा जडान गरिएको उहाँले बताउनुभयो । मेशिन जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी विरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने सहप्रवक्ता डा. पोखरेलले बताउनुभयो ।

सिकिस्त विरामीका लागि हाई–फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरण थप गरिएको छ भने इर्मजेन्सी क्रासकार्ट पनि थप गरिएको अस्पतालले जनाएको छ । यसैगरि, सिकिस्त भएपनि भेन्टिलेटरको आवश्यकता नपर्नेगरी विरामीका लागि एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाँडै जडान गरिने उहाँले बताउनुभयो ।

इमर्जेन्सीमा आउने विरामीका लागि आवश्यक पर्ने सबै परीक्षण इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो । विरामीलाई दबाब दिई वा विभिन्न प्रलोभन देखाई प्रतिष्ठान बाहिर परीक्षण गर्न पठाउनेगरेको पाईएमा प्रतिष्ठानले कारवाही गर्ने प्रतिष्ठानले चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?