logo
२०८१ बैशाख २३ आईतवार



जाजरकोटमा ७५ हजार ९५८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य |


जाजरकोटमा ७५ हजार ९५८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


सहदेव बस्नेत
जाजरकोट ,चैत २५ गते । जाजरकोटमा टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।

स्वास्थ्य सेवा कार्यालयका खोप फोकल व्यक्ति शान्तबहादुर बुढाथोकीले शुक्रबारदेखि सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने जानकारी जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार जिल्ला भरि खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा चैत २५ देखि ३० गतेसम्म जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाँउपालिकामा अभियान सञ्चालन गरिनेछ ।

दोस्रो चरण चैत २७ गतेदेखि वैशाख ३ गतेसम्म छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

जिल्लाभरि खोप लगाउनेमा छेडागाड नगरपालिकाको बालबालिकाको सङ्ख्या धेरै छ । छेडागाडमा १४ हजार ५९९ जना खोप लगाउने लक्षित सङ्ख्या छन् । त्यस्तै, भेरी नगरपालिकामा १३ हजार ५३१ जना छन् । नलगाड नगरपालिकामा जम्मा १२ हजार ५१ जना छन् ।

कुशे गाउँपालिकामा ११ हजार ८४५ जना खोप लगाउने लक्षित सङ्ख्या छन् । त्यस्तै, जुनिचाँदे गाउँपालिकामा १० हजार ४५ जना, बारेकोट गाउँपालिकामा ८ हजार ३२३ जना र शिवालय गाउँपालिकामा पाँच हजार ५६४ जना खोप लगाउने लक्षित सङ्ख्या छन् ।

जिल्लाभरिका ४२० खोप केन्द्रबाट लक्षित समूहका बालबालिकाले खोप सेवा प्राप्त गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?