logo
२०८१ बैशाख १७ सोमवार



आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको तयारी पूरा

स्वास्थ्य |


आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको तयारी पूरा


काठमाडौँ, चैत २६ गते । आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको तयारी पूरा भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी०ले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन तयारी पुरा भएको हो। चैत्र २७ देखि १९ सम्म गरी ३ दिन चल्ने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सम्मेलनको यस वर्षको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्धन ः नेपालमा दृढ स्वुास्थ्य प्रणालीको पाठ’ रहेको छ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको आमन्त्रित प्रस्तुतीकरण पनि रहनेछ । डा. ज्ञवालीका अनुसार सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक र ८७ वटा पोष्टर प्रस्तुती हुनेछन् । परिषद्ले गरेका काम कारवाहीमा जानकारी दिन, प्रतिक्रिया प्राप्त गर्न र सुधार गर्नका लागि, जनस्वास्थ्यका विषयमा छलफल गर्नका लागि यो सम्मेलन प्रत्येक वर्ष आयोजना हुने गरेको डा. ज्ञवलीको भनाइ छ ।

सम्मेलनलाई पारदर्शी बनाउनका लागि परिषद्ले साइन्टीफिक कमिटी, स्टेरिङ कमिटी, आयोजक समिति र एवार्ड छनोट उपसमिति गठन गरिएको छ । सम्मेलनको पहिलो दिनमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तरर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्थाः अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण हुनेछ।

त्यस्तै, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन, दुई वटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरुमा प्रस्तुतीकरण र छलफल हुनेछ। 

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यवान्यवन अनुसन्धानला बारेमा छलफल र समानान्तर सत्रहरु रहनेछ। जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे वृहत छलफल हुनेछ। कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ ।

एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् ।

त्यस्तै, पबमयुडमा इन्डेक्स भएको बायोमेडिकल जर्नलमा विगत ५ वर्षदेखि सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ। गत वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट सम्मेलन गरिएको थियो। तर, यसवर्ष भने भौतिक रुपमा सम्मेलन हुने डा. ज्ञवालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?