logo
२०८१ बैशाख २० बिहीवार



थप १२ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त

स्वास्थ्य |


थप १२ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त


काठमाडौं, चैत २६ गते । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप ४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना छ। २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?