logo
२०८१ बैशाख २० बिहीवार



हरिनगर गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

स्वास्थ्य |


हरिनगर गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु


जयकृष्ण यादव
इनरुवा, चैत २६ गते । सुनसरीको हरिनगर गाउँपालिकामा औपचारीक रुपमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भएको छ । टाइफाइडविरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको पहिलो दिन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले १४ वर्षीया रन्नु मण्डललाई खोप लगाउनुहुँदै अभियानको सुरुवात गर्नुभयोे ।

देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि वैशाख १८ गते भित्र सम्पन्न गर्ने भएकाले सोही अनुसार जिल्लाका १२ वटै पालिकामा तालिका बनाएर सञ्चालन गरिने क्रममा हरिनगरको बसन्तपुरमा अभियान सुरु गरेको बसन्तपुर स्वास्थ्य चौकीका प्रमुख देवनारायण साहले बताउनुभयो ।

साहका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई एक मात्रा खोप लगाइने गरि ११ सय बालबालिकालाई स्वास्थ्य चौकीले खोप लगाउने लक्ष्य लिएको छ ।

उता जिल्लाका १२ पालिकाका १२४ वडाका दुई लाख २४ हजार ३१६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको बताउनुभयो । नियमित खोपमार्पmत १५ महिनाको उमेरका सबै बालबालिकाहरुलाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?