logo
२०८१ बैशाख २० बिहीवार



अनुसन्धानले देशलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्छ : नेता भट्टराई

स्वास्थ्य |


अनुसन्धानले देशलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्छ : नेता भट्टराई


काठमाडौँ चैत २८ गते । वैज्ञानिक अनुसन्धानले देशलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्ने नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले बताउनुभयो । नेपाल अनुसन्धान परिषद्को स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोमा बोल्दै भट्टराईले यस्तो बताउनुभएको हो ।

अनुसन्धानको महत्वपूर्ण भूमिका रहेको भन्दै भट्टराइले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको वैज्ञानिक सम्मेलनबाट आएको कुरा सरकारलाई बजेट विनियोज गर्न सहयोग पुग्ने डा. भट्टराइले विश्वास रहेको छ ।

नेपाललाई स्वास्थ्य शिक्षाको हब बनाउन सम्भव भएपनि केहीँ मानिसको सनकीपनका कारण नीतिहरु भड्कीएका र गलत ठाउँमा गएको पनि उहाँले तर्क गर्नुभयो । ‘केही मानिसका सनकले नीतिहरु गलत दिशामा गएको छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिक्षामा भएको नियोजनले नेपाली विद्यार्थीहरु पलायन भएको छन् ।

संसदको स्वास्थ्य तथा जनसङ्ख्या समितिका सदस्यसमेत रहनुभएका भट्टराईले निरोगी नेपालको अभियान जारी रहेकाले त्यसका आधारभूत मापदण्ड आवश्यक रहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा विज्ञान प्रविधि, अध्ययन, अनुसन्धानका क्षेत्रमा पनि प्रदेश सरकारका क्षेत्रबाट पनि अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य अनुसन्धान क्षेत्रमा परिषद्ले गरेको कामको प्रशंसा गर्नुभएको छ । उहाँले विगतका तुलनामा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो ।

दिनदिनै बढिरहेका जनस्वास्थ्यका सवालहरुमा समाधानका लागि अनुसन्धान परिषद्ले गर्ने अनुसन्धानले टेवा पु-याउने विश्वास उहाँको थियो ।

त्यसका लागि आवश्यक सहयोग र समन्वय गर्न मन्त्रालय तयार रहेको उहाँले बताउनुभयो । परिषद्ले तथ्यमा आधारित नीति निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको कुरा भुल्न नसकिने मन्त्री खापुङ बताउनुहुन्छ ।
बागमतीको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समयमै नसर्ने रोगको पहिचानका गरेर उपचार अगाडि बढाउनका लागि अभियान चलाएको बताउनुभयो ।

महामारीविरुद्ध लड्न र भविष्यको स्वास्थ्य सेवाका चुनौती सामना गर्न नवीन ज्ञानको आवश्यक पर्ने भएकाले त्यसका लागि अनुसन्धान जरुरी रहेको उनको भनाइ थियो ।

उहाँले स्वास्थ्य अनुसन्धानका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो ।

निकट भविष्यमै प्रादेशिक स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्ने पनि मन्त्री लामा जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?