logo
२०८१ बैशाख १२ बुधवार



हुुम्लामा बालबालिकालाई टाईफाईडबिरुद्ध खोप लगाउन सुुरु

स्वास्थ्य |
प्रदेश |


हुुम्लामा बालबालिकालाई टाईफाईडबिरुद्ध खोप लगाउन सुुरु


राजन रावत
हुुम्ला, चैत २८ गते । हुम्लाका सात वटामध्ये तीन वटा गाउँपालिकामा टाईफाईडबिरुद्धको खोप लगाउने कार्य सुुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले पूुर्ब निर्धारित कार्यक्रमअनुसार यी गाउँपालिकामा चैत २८ गतेबाट सो खोप लगाउन सुुरु गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहकाअनुसार नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा खोप केन्द्रमा खोप लगाउने कार्य सुुरु भएको हो । अब यी खोप केन्द्रमा आगामी बैशाख ५ गतेसम्म खोप लगाउने कार्य जारी रहनेछ । आजबाट सुुरु भएको खोप अभियानमा उल्लेख्य बालबालिकाको सहभागिता रहेको उहाँले बताउनुुभयो ।

खोप लगाउने बालबालिकाको संख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोटमा पाँच हजार २८३ र खार्पुनाथ दुुई हजार ९३० रहेको छ । सो खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले लगाउन पाउने छन् । नाम्खा गाउँपालिकाका अन्य खोप केन्द्रमा खोप लगाउने कार्य सुुरु भएको भएपनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको खोप केन्द्रमा भने हिमपातले बाटो अबरुद्ध भएकाले स्वास्थ्यकर्मी जान नसकेपछि सो खोप लगाउने कार्य सुुरु हुन सकेको छैन् । लिमीका बालबालिकालाई पछि उपयुक्त समयमा खोप लगाईने कार्यालयले जनाएको छ ।

चार गाउँपालिकामा खोप अभियान भएन
दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका खोप केन्द्रमा उक्त अभियान भने सुुरु हुन सकेको छैन् । स्वास्थ्यकर्मी जिल्लामा खोप सामग्री लिन नआएको कारण सुुरु हुन नसकेको हो । चार वटा गाउँपालिकाका स्वास्थ्यकर्मी खोप सामग्री लिन बाटोमा आइरहेका कारण केही दिनपछि मात्र टाईफाईडबिरुद्धको खोप लगाउने अभियान सुुरु हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?