logo
२०८१ बैशाख १९ बुधवार



२४ घण्टामा २२ जना सङ्क्रमित थपिए, ४६ सङ्क्रमण मुक्त

स्वास्थ्य |


२४ घण्टामा २२ जना सङ्क्रमित थपिए, ४६ सङ्क्रमण मुक्त


काठमाडौं, चैत २८ गते । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९ सय ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ११ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४६ जनाले कोरोना जितेका छन् भने १५ हजार ३५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५९२ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?