logo
२०८० चैत्र १५ बिहीवार



उनसाठी हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए

स्वास्थ्य |
प्रदेश |


उनसाठी हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए


रेखीराम राना
पाल्पा, चैत २९ गते । पाल्पामा १५ महिनादेखि १५ वर्षसम्मका ५९ हजार ८३ जना बालबालिकाले टाइफाइडबिरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सुरु भएको खोप लगाउने अभियानमा हालसम्म जिल्लाका ८३ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

टाइफाइडविरुद्धको खोप अभियानमा पूर्वखोला गाउँपालिकामा ९७.१४ प्रतिशत बालबालिका सहभागी भएका छन् । यस्तै, तिनाउ गाउँपालिकाका ६८ प्रतिशत बालबालिका, तानसेन नगरपालिकाका ८२ प्रतिशत, रामपुर नगरपालिकाका ८४ प्रतिशत, रिब्दीकोट गाउँपालिकाका ७५ प्रतिशत, रम्भा गाउँपालिकाका ९१ प्रतिशत, निस्दी गाउँपालिकाका ९५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

सोहीअनुसार माथागढी गाउँपालिकाका ८० प्रतिशत, रैनादेवी छहरा गाउँपालिकाका ८५ प्रतिशत र बगनासकाली गाउँपालिकाका ७३ प्रतिशत बालबालिकाले टाइफाइडबिरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

अभियानमा छुटेका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउनेक्रम जारी रहने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?