logo
२०८१ बैशाख १४ शुक्रवार



२४ घण्टामा १५ सङ्क्रमित थपिए, ४९ सङ्क्रमण मुक्त

स्वास्थ्य |


२४ घण्टामा १५ सङ्क्रमित थपिए, ४९ सङ्क्रमण मुक्त


काठमाडौं, चैत ३० गते । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ४९ सय जनामा एन्टीजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, १३ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ७१५ परीक्षणमा १९ जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ जनाले कोरोना जितेका छन् ।

यसैगरी, काठमाडौं उपत्यकाभित्र पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ललितपुरमा एक र काठमाडौंमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?