चिसोसँगै रुघाखोकीका बिरामी बढ्दै
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७७ शनिबार
कात्तिक मै चिसो अत्याधिक बढेकाले होला डोल्पामा रुघाखोकीका विरामी बढेका छन् । डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुमा रुघाखोकीका विरामी बढेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पा, मध्य र तल्लो डोल्पामा रहेका सबै स्थानीय तहहरुमा चिसो बढेको हो । दुई तीन अघि उच्च बस्तीहरुमा हिमपात भए पछि चिसो बढेको छ । जगदुल्ला गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका,...