सिलिण्डर पर्याप्त, पाइप लाइन तयार गरिँदै, निजी अस्पतालमा राम्रो
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७७ मंगलवार
पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको बागमती प्रदेशका जिल्ला स्तरीय, प्रादेशिक, निजी तथा संघीय अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि आइसोलेशन वार्ड, आईसीयू तथा भेन्टिलेटर कक्षलाई तयारी अवस्थामा राखेका छन् ।
कोरोना संक्रमितहरुको लागि आवश्यक रहेको अक्सिजनको मौजाद तथा त्यसको आपूर्तिको बिषयमा समेत ध्यान दिन थालेका छन् । बागमती प्रदेशका अस्पताल मात्रै नभएर नेपाल भर जिल्लामा रहेका अस्पतालहरुले आइसोलेशन...