काेराेना विरूध्द प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल
रासस
कार्तिक १९, २०७७ बुधबार
कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण गर्दै आएको आयुर्वेद चिकित्सालय, नरदेवीलाई हाल उक्त चूर्णको माग धान्न हम्मेहम्मे परेको छ ।
विभिन्न १२ प्रकारका औषधीय गुणयुक्त चूर्ण रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्न प्रभावकारी देखिएपछि हिजोआज चिकित्सालयमा...