सङ्क्रमितको उपचार आफ्नै खर्चमा, अस्पतालले ५० प्रतिशत शैया छुट्याउनु पर्ने
इश्वरचन्द्र झा
कार्तिक २, २०७७ आईतवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पचास प्रतिशत शय्या कोभिड–१९ को व्यवस्थापनको लागि छुट्याउन सबै अस्पताललाई निर्देशन दिएको छ । यसअघि निजी सहकारी तथा समुदायद्वारा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको व्यवस्थापनको लागि २० प्रतिशत शय्या छुट्याएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल शय्याको हालको व्यवस्था परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँले कात्तिक २ गतेको निर्णयले नयाँ व्यवस्था...