बाँकेमा हालसम्म २७ जनाले प्लाज्मा दान गरे, १९ जनालाई दिईयो
गोरखापत्र अनलाइन
आश्विन २७, २०७७ मंगलवार
बाँकेमा कोरोना जितेर घर फर्किएकाहरु मध्ये हालसम्म २७ जनाले प्लाजामा थेरापीको लागि रगत दान गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म कोरोना जितेर निको भै घर फर्किएका २७ जनाले गम्भीर संक्रमितका लागि प्लाज्मा दान गरेका हुन् ।
उहाँले कोभिडका गम्भीर अवस्थामा भएका भेरी अस्पताल नेपालगञ्जका १२ जना संक्रमित र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ संक्रमित...