दुई डाक्टर र तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७७ मंगलवार
तनहुँमा दुई जना डाक्टर र तीन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । कोरोना विरुद्ध अग्रपंक्तीमा रहेर कार्य गर्दै आएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना अनमी र एक जना स्वास्थ्यका कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहँुले जनाएको छ ।
सङ्क्रमित डाक्टर मध्ये एक जना बन्दीपुर र एक जना आवुँखैरेनीमा कार्यरत छन् । स्वास्थ्यकर्मीहरुमा जिपि कोईराला अस्पताल, आवुँखैरेनी र बन्दीपुरमा...