राजधानीका ठूला अस्पतालमा सङ्क्रमित बढ्नथाले, गङ्गालालकाे बहिरङ्ग सेवा बन्द
गोरखापत्र अनलाइन ,
असार २३, २०७७ मंगलवार
अस्पतालले केही बिरामीहरूमा सार्स–कोभ–२ देखिएकोले थप सतर्कता अपनाउन आकस्मिक बाहेकको सेवा स्थगन गरिएको जनाएको छ । अस्पतालले सेवा सुचारुबारे केही खुलाएको छैन । त्यसैगरी, ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एक युवामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले उपचारका लागि जटिल अवस्थामा पाटन अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।