लेखनाथ सामुदायिक अस्पताल सरुवा राेग अस्पतालमा परिणत हुँदै
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
गण्डकी प्रदेश सरकारले प्रदेशमातहत ल्याउन लागेको पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार रुपियाँ अनुदान दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता रामशरण बस्नेतले अस्पतालको भौतिक पूर्वाधार तयार गर्न, उपकरण थप गर्न, जनशक्ति थप गर्न उक्त रकम दिन लागिएको जानकारी दिनुभयो...