चालीस कटेकाकाे अल्बुमिन, रक्तचाप तथा ग्लुकोज परीक्षण निःशुल्क
गोरखापत्र अनलाइन ,
जेष्ठ २, २०७७ शुक्रबार
सरकारले ४० वर्षमाथिका नागरिकलाई ६ महिनाको एकपटक अल्बुमिन, रक्तचाप तथा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रगतमा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको बताउनुभएको हो ।
उक्त निःशुल्क परीक्षण वडा तहमा रहेका स्वास्थ्य संस्थाबाट हुनेछ । नेपालमा मिर्गौला, मुटु लगायतका नसर्ने रोग बढ्दै गएपछि सरकारले...