भारतबाट फर्कने नागरिकमा ‘पुल’ परीक्षण विधि अपनाइने
गोरखापत्र अनलाइन ,
जेष्ठ १, २०७७ बिहीबार
भारतमा रेल सेवा सञ्चालनमा आएसँगै प्रदेश १ का नाकाबाट नेपाल आउने नागरिकको स्वास्थ्य परीक्षण कार्ययोजना तयार गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गरेको छ ।
नाकाबाट दश हजार नागरिक प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै उनीहरूमा कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण परीक्षणका लागि कार्ययोजना तयार गर्न लागिएको हो ।