बलम्बुस्थित कोभिड–१९ डेडिकेटेड अस्पताल – भौतिक निर्माण अन्तिम चरणमा
रासस
चैत्र ३०, २०७६ आईतवार
कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा अस्पतालको पछिल्लो अवस्था र तयारीका बारेमा...