एनआरएनए, दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
गोरखापत्र अनलाइन ,
चैत्र २९, २०७६ शनिबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावकाबेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।