चैतमा विदेशबाट आएका सबैले -यापिड टेष्ट गर्नुपर्ने
गोरखापत्र अनलाइन ,
बैशाख ४, २०७७ बिहीबार
चैत महिनाभित्र विदेशबाट आएका सबैले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) गराउनुपर्ने भएको छ । यो टेस्टबाट पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर आरटि–पीसीआर परीक्षण गराइन्छ ।
यस्तै, कोभिड–१९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैको आरडिटी परीक्षण गरिने भएको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार, कोभिड–१९ पोजेटिभको...